• ON AIR
  • UP NEXT

सुदूरपश्चिममा कागलाई रोटी पकाउदै

विनोद सिंह विष्ट– बैतडी,३० पुस-
बैतडी लगायत प्रदेश नं ७(सुदूरपश्चिम )का अधिकांस जिल्लाका स्थानिय बासिन्दाले आज कागका लागी रोटी पकाईरहेका छन । सुदूरपश्चिममा भोली माघे संक्रान्तिलाई नरहरी संक्रान्तिको रुपमा मनाउने गरेको पाइन्छ । नरहरी संक्रान्तिको अघिल्लो दिन आजराती मिठोमसिनो खाने चलन रही आएको छ । आज राती खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलन रही आएको छ । माघको महिना धार्मिक महिना भएकाले यसलाई नरहरी भनिएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । नर भनेको मानिस हरी भगवानमा लिन हुनु अथवा उपासाना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरी भनिएको उहाँले बताउनुभयो । यो दिन तरुल लगायतका खानेकुरा खाने गर्दछन् । यस्तै आज राती पकाएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यहरुले खाने गर्दछन् । स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे सक्रान्ति भनेर पनि भन्ने गरिन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का का मेरो रोटी खा’ “का कौवा झुनमुने खाइझा” भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।
नरहरी संक्रान्तिमा बिहे गरेकी दिदीबहिनीहरुमा आफ्नो माइतमा जाने चलन समेत रहेको स्थानिय हेमराज गिरीले जानकारी दिनुभयो । नरहरी संक्रान्तिको दिन विभिन्न नदी तथा तलाउहरुमा नुहाउने चलन रही आएको छ । चिसो पानीले नुहाउँदा पुण्य प्राप्ति हुने जनविश्वास रही आएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal