• ON AIR
  • UP NEXT

बँदेलले हिउँदेबाली र तरकारी खेती नष्ट

news

बैतडी,२८ पुस-
बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारमा जंगली बँदेलले हिउँदेबाली र तरकारी खेती नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको आलु जंगली बँदलेल रातीको समयमा खाएर सखाप गरेको स्थानीयबासी खेमराज अवस्थीले जानकारी दिनुभयो । आफ्नो जमीनमा लगाएको करीब २० हजार बराबरको आलु जंगली बँदलेले नष्ट गरेको उहाँले बताउनुभयो । जंगली बदेलले खेतमा लगाएको बालीनाली हिउँद तथा बर्षातको समयमा नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको सबै बालीहरु जंगली बँदलले नष्ट गर्न थालेपछि उनीहरु हैरान बनेका हुन् । बैतडीका अधिकांश ठाउँमा जंगली बँदेलले बालीनाली नष्ट गर्ने गरेको छ । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ४ रानीशिखरमा जंगली बदेलले उखुबाली नष्ट गरेको स्थानीबासी प्रकाश भट्टले जानकारी दिनुभयो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal