• ON AIR
  • UP NEXT

विद्यालयमा खानेपानी अभाव

news

बैतडी,२८ पुस-
बैतडीको पाटन नगरपालिका वडा नं १ गुत्थडीमा रहेको सरस्वती आधारभूत विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरुले खानेपानीका लागि भौतारिनु परीरहेको छ । विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा आधा घण्टाको दुरीबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको शिक्षक लक्ष्मण विसीले जानकारी दिनुभयो । अर्को पिरयडको घण्टी लाग्ने बित्तिकै बालबालिकाहरु पानीका लागि दगुर्ने र खानेपानी ल्याउनकै लागि उनीहरुको एक पिरयड सकिने गरेको छ उहाँले भन्नुभयो“ खानेपानीको अभाव भएको बारेमा सरोकारवालाहरुलाई बारम्बार जानकारी गराउँदा समेत कुनै चासो दिएको छैन”  
पानीको अभावमा विद्यालयका शौचालयहरु प्रयोग विहिन अवस्थामा छन् भने शिक्षक तथा विद्यार्थीहरु खुला रुपमा शौच गर्न बाध्य भएका छन् । कक्षा ८ सम्मको पढाई हुने सो विद्यालयमा १३५ जना विद्यार्थी अध्ययनरत छन् । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal