• ON AIR
  • UP NEXT

किसान परियोजनाले सञ्चालन गरेको कार्यक्रमको अनुगमन

news

महेश अवस्थी
बैतडी,१३ चैत / 
     बैतडीको पाटन नगरपालिकाको वडा नं ४ मा किसान परियोजनाले सञ्चालन गरेको कार्यक्रमको आज सरोकारवालाहरुले अनुगमन गरेका छन् । किसान परियोजनाले किसानहरुका लागि गरेको सहयोगले पुर्याएको सहयोगका बारेमा स्थलगत अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला कृषि समन्वय समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अनुगमनका क्रममा पाटन नगरपालिका वडा नं ४ भेल्लेगाउँका किसानहरुले लगाएको तरकारीबालीको अनुगमन गरिएको छ । किसान परियोजनाले विभिन्न प्राविधिक सहयोग, भौतिक सहयोग र बीउबिजनमा सहयोग गरेपछि आफूहरुलाई व्यवसायिक बन्न सजिलो भएको किसानहरुले बताएका छन् । अहिले भेल्लेगाउँमा सहकारी नै गठन गरेर आफूहरु व्यवसायिक तरकारी खेतीमा लागेको शिवलिंग कृषि महिला बहुउद्देश्यीय सहकारी संस्थाका कलावती चन्दले जानकारी दिनुभयो । सहकारीमा आवद्ध भएपछि आफूहरु चुलोचौकोको कामबाट बाहिर आएको उहाँले बताउनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal