• ON AIR
  • UP NEXT

प्रधानमन्त्री देउवा बैतडीमा, सुरक्षा व्यवस्था कडा

news

बैतडी,१ मंसिर -
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवा आज बैतडी आउनुहुने भएको छ । नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ । दिउँसो १ बजे पुरचौडी हाटमा,दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सचिव बीरबहादुर बिष्टले जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा नागरिकलाई जानकारी गराउन पार्टीसभापति एवं प्रधानमन्त्री आँफै आउन लाग्नुभएको सचिव बिष्टले जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री देउवाले आज नैै बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ । 
प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्वोधन गर्ने भएपछी बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षाको सुरक्षाव्यवस्था चुस्त दुरुस्ता पारिएको प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 
यस्तै बामगठबन्धनले पनि चुनाव नजिक आएसंगै केन्द्रिय नेताहरुको उपस्थितीमा चुनावी सभा गर्ने जनाएको छ । 
आज बैतडीको देहीमाण्डौंमा बामगठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । साना दलहरुले घरदैलो मार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफूले घरदैलो मार्फत चुनावी अभियान जारी राखेको विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नारायणदत्त अवस्थीले जानकारी दिनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal