• ON AIR
  • UP NEXT

रुखबाट लडेर बृद्घाको मृत्यु

news

बैतडी,३० कात्तिक -
रुखबाट लडेर आज बैतडीमा एक बृद्घा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका १ की ६५ बर्षिया कलावती महरा रहेकी छन । 
बिहान ८ बजे घर नजिकै रहेको बाँजको रुखमा घाँस(स्याउला) काट्न भनि गएकी कलावतीको एक्कासी लडेर गम्भीर घाईते भएकी थिईन । गम्भिर घाईते कलावतीलाई उपचारका लागी डडेल्धुरातर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 
शव परिक्षणका लागी स्थानिय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ । 
–––

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal