• ON AIR
  • UP NEXT

मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने

news

बैतडी,३० कात्तिक-
पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी बैतडीमा मंसिर ८ र ९ गते मतदाता परिचयपत्र वितरण गरिने भएको छ । 
जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयालका अनुसार बैतडीका १२० वटै मतदान केन्द्रवाट मतदाता परिचयपत्र वितरण गरिन लागिएको हो । 
मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र वितरण गरिने उहाँले बताउनुभयो । 
गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट मंसिर ८ र ९ गते उपलब्ध गराइने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि त्यहि मितिमा मतदाता परिचयपत्र वितरण गरिने भएको छ ।
स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले त्यहि परिचयपत्रका आधारमा मतदान गर्न पाउने भएका छन । 
प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा सदस्यका लागी २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३१९ मतदाता रहेका छन । 
–––

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal