• ON AIRBahakine Man
  • UP NEXT

६२ किलो अवैध गाँजासहित एक जना पक्राउ

news

फागुन ८ – अवैध रुपमा घरमा भण्डार गरी राखिएको ६२ किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उदयपुरको तावाश्री गाविस–५ बिष्णुचौरीबाट घरमा गाँजा राख्ने घर धनी धनबहादुर राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय कटारीले विशेष सुराकीको आधारमा प्लाष्टिकका ४ वटा बोरामा प्याक गरी बिक्रीको लागि राखिएको गाँजासहित राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरञ्जिवी कोइरालाले बताउनुभयो । 

‘विशेष सुराकीको आधारमा गाँजासहित घरधनी पक्राउ गरिएको हो’ डिएसपी कोइरालाले भन्नुभयो ‘त्यस क्षेत्रका आसपासका स्थानीयको घरमा अझ बढी गाँजा हुन सक्ने अनुमान छ ।’

पक्राउ परेका राईलाई लौगु औषध कारोबार ऐन अन्र्तगत मुद्धा चलाइने प्रहरीले जनाएको छ । उदयपुरको पहाडी क्षेत्र ओख्ले, रुपाटार, लेखगाँउ लगायतका क्षेत्रमा अवैध रुपमा गाँजा खेती गरिँदै आएको छ ।  

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal