• ON AIRBahakine Man
  • UP NEXT

इराकी सेनाद्वारा मोसुलमा आइएस विरुद्ध कारबाही अभियान सुरु

news

इराकी सेनाले मोसुलको पश्चिमी क्षेत्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान सुरु गरेको छ । इराकका प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको पश्चिमी क्षेत्रबाट आइएसका लडाकुलाई हटाउने गरी अभियान सुरु भएको घोषणा गर्नुभएको हो  

तर मोसुलको पश्चिमी क्षेत्र अहिले पनि आइएसको कब्जामा छ । पश्चिम मोसुलमा रहेको साँघुरा सडक तथा त्यहाँको बस्तीका कारण यहाँबाट आइएसलाई लखेट्न अप्ठ्यारोको सामना गर्नु पर्ने विश्लेषकले बताएका छन् ।

पश्चिम मोसुलमा बासोबास गर्ने सर्वसाधारण नागरिकको सुरक्षाको विषयमा संयुक्त राष्ट्रसंघले चिन्ता जनाएको छ । कारबाही अभियानको क्रममा त्यस क्षेत्रमा बसोबास गर्ने लाखौं मानिसको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।  

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal