• ON AIR
  • UP NEXT

डडेल्धुरामा शेरबहादुरमाथि खुकुरी प्रहार

news

डडेल्धुरा, ८ फागुन

खानेपानी विवादका कारण डडेल्धुराको कोटेली गाविस १ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको मृत्यु भएको छ । आइतबार विहान खुकुरी प्रहार गरी उनको हत्या गरिएको हो ।

खानेपानीको विषयमा भएको सामान्य विवाद पश्चात सोही ठाँउका २४ वर्षका भीमबहादुर भूलले आइतवार विहान खुकुरी प्रहार गर्दा साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि सदरमुकामको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । एउटै स्थानमा तल र माथी घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेको र तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जाने भएकाले तलको धारा बन्द नगर्दा विवाद भएको जनाइएको छ । मृतक साउदको घर माथी र भुलको घर तल रहेको छ । हत्या गर्ने भुलले खुकुरी लुकाएर ल्याएको र सिधै आक्रमण गरेको प्रत्यक्षदर्शीहरुको भनाइ रहेको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal