• ON AIR
  • UP NEXT

जि.स.स. बैतडीमा कांग्रेस माओबादी गठबन्धन बिजयी

news

साउन २९ बैतडी-जिल्ला समन्वय समिती बैतडीमा नेपालि काग्रेस माओबादी केन्द्रको  गठबन्धन बिजयी भएको छ । जिल्ला समन्वय समितीको संयोजकमा काग्रेसका शिद्धराज भट्ट गत २३ गतेनै निर्विरोध निर्वाचित भएपनि अन्य पदका लागी आज चुनाव भएको हो । 
 
आज (आइतबार) भएको निर्वाचनमा उप–प्रमुखमा नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा, दलित तथा अल्पसंख्यक सदस्यमा काग्रेसका टेक लुहार, तीनजना खुला सदस्यमा काँंग्रेसका तर्फबाट रमेश बहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी बिजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली कांग्रेसका हरु जोशी , गीता जोशी तथा नेकपा माओवादी केन्द्रका कुमारी हेमा भट्ट कपाडी बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
 नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मत मध्ये १२ मत र एमालेसंग ८ मत थियो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal