• ON AIR
  • UP NEXT

जि.स.स. बैतडीमा काग्रेश माओबादी तालमेल ।।

news

सिपि लोहिया/साउन २८ बैतडी,
    जिल्ला समन्वय समिति बैतडीमा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्र बिच तालमेल भएको छ । आईतबार हुने जिल्ला समन्वय समितिको अधिबेशनमा दुई दलले एक–आपसमा तालमेल गरि जिल्ला समन्वय समितिको निर्बाचनमा जाने बनाउने बताएकाछन् ।
 
   सनिबार जारी गरिएको काग्रेश माओवादीको सयुक्त बिज्ञप्तीमा दुबै दल बिच गठबन्धन भएको बताएकाछन् । यसरी नेकपा एमाले बिनै जिल्ला समन्वय समिति बन्ने भएको छ । १० स्थानिय तह रहेको बैतडीमा ३ नगर प्रमुख उप–प्रमुख सहित १० पदहरु काग्रेशले जितेको थियो भने, १नगरपालिकाको प्रमुख तथा उपप्रमुख माओबादी केन्द्रले जितेको थियो । नेकपा एमालेका ८ जनाले गाउपालिका अध्यक्ष उपाध्यक्ष जितेका थिए । 
 
 
    यसरी काग्रेश माओबादी गठबन्धनको पक्षमा १२ भोट छ भने एमालेको पक्षका ८ भोट रहेको छ । ९ जना को जिल्ला समन्वय समितिमा जि.स.स. सयोंजक सहित ६ सदस्य काग्रेशका रहने पनि सहमती भएको छ । उपंसयोजक सहित १जना सदस्य गरि २जना माओबादी केन्द्रबाट जि.स.स. बैतडीमा अटाउनेछन् ।
 
 
जिल्ला समन्वय समितिको संयोजकमा भने यसअघि साउन २३ गते नै नेपाली काग्रेशका शिद्धराज भट्ट निर्बिरोध निर्वाचित भैसकेकाछन् संयोजक भट्ट सगैँ काग्रेशकै टेक लुहार पनि जिसस सदस्यमा निर्वाचित भएकाछन् अब बाँकी सदस्य सहित उप सयोँजकका लागी आईतबार निर्वाचन हुदैँछ उक्त निर्वाचनमा काग्रेश माओबादीको सयुक्त प्यानलमा धन बहादुर बोहरा उप संयोजक(माओबादी केन्द्र) जगुवा भण्डारी सदस्य ( ने.का.) रमेश बहादुर बोहरा सदस्य (ने.का.) लाल बहादुर चन्द सदस्य(ने.का.) गिता जोसी सदस्य (ने.का.) हरी जोसी सदस्य (ने.का) र हेमा भट्ट कपाडि सदस्य(मा.के.) लाई उमेदवार बनाएको छ । 
 
 
ने.क.पा. एमालेले भने उप–संयोजकका लागी लक्ष्मण भट्टलाई उमेदवार बनाएको छ । संयोजक पदमा निर्बिरोध भईसकेपनि एमालेले उप–सयोजक सहित ४ सदस्यका उमेदवारलाई प्रतिस्पर्दामा उतारेको एमाले जिल्ला का.वा.अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो ।
 
एमाले जि.स.स.सदस्यका लागी उमेदवारहरुमा कल्पना राना, गोमती लावड, जयन्ती पन्त, तथा हरी सिह महरा रहेकाछन्  ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal