• ON AIR
  • UP NEXT

समाचार प्रभाव : हरिराम दम्पतीलाई सहयोग जुट्दै

news

विनोद सिंह विष्ट- बैतडी,२८ साउन -
जन्मजात नै अपाङगता तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा र्यासीका ५८ बर्षिय हरीराम दमाईको दम्पतीलाई सहयोग जुट्दै गएको छ । 
साउन २४ गते हरीराम दम्पतीको हृदयविदारक कथा ः न सन्तान ,न ओत ,नत गाँसबास नै भन्ने समाचार र साउन २५ गते पुनः हरिराम दम्पतीको सहयोग याचना भन्ने समाचार विभिन्न समाचारमाध्यमवाट समाचार प्रकाशित तथा प्रसारण भएपछी स्थानिय युवाले पनि सहयोगका लागी चन्दा संकलन गरिरहेका छन । 
हिक्मत चन्दको नेतृत्वमा सहयोग संकलन टोली बनाएर ३ दिनमा २२ हजार सहयोग रकम संकलन गरिसकेका छन । 
हरिराम दम्पतीलाई बैतडी दशरथचन्द नगरपालिका ४ सुन्दरघर भई हाल कतारमा रोजगारीको लागी गएका माधव भट्टले ५ हजार रुपैंया सहयोग स्वरुप पठाएको स्थानिय सहयोग संकलन टोलीका नेतृत्वकर्ता हिक्मत चन्दले जानकारी दिनुभयो । 
कतारवाट गरेको ५ हजार सहयोग लगाएर स्थानिय तथा नगरबासिन्दाले गरेको एक सय दुई सय गरेर हालसम्म २२ हजार ५९२ रुपैंया सहयोग संकलन भएको उहाँले बताउनुभयो । 
यसका साथै दशरथचन्द वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष सुरेस सिंह थापाले पनि वडा कार्यालयवाट हरिराम दम्पतीलाई  ३० हजार रुपैंया दिने बताउनुभएको छ ।  
उसका साथै दशरथचन्द नगरपालिकाले पनि हरिराम दम्पतीलाई सहयोग गर्ने जनाएको छ । नगरप्रमुख नरेन्द्र सिंह थापाले तत्कालका लागी हरिरामको दम्पतीको लागी अस्थाई रुपमा बस्नका लागी जस्ताको घर बनाउनका लागी जस्तापाता सहयोग गर्ने बताउनुभएको छ  । यसका साथै हरिरामको पक्की घर निर्माणका लागी थप आर्थिक सहयोग गरिने समेत उहाँले बताउनुभयो । 
श्रीमान श्रीमती दुबै जन्मजात नै अपाङगता तथा बोल्न नसक्ने हातको ईसाराले छिमेकीसंग मागेर दैनिक गुजारा गरिरहेका हरिरामको दम्पती घर नहुँदा राती राती सुत्नलाई नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिर जाने गरेका छन । मन्दिरमै दमाहा बजाउने र आउँने भक्तजनहरुबाट मागेर दैनिक छाँक टार्ने गरेका छन ।  
बिहे भएको केही बर्षपछी एउटा छोरा जन्मिएको र जन्मिएको १३ दिनमै मृत्यु भएको हो । हरिराम दम्पतीलाई बुढेसकालको साहारा छोराछोरी नहुदाको पिडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कोतिर पिरोलिरहेको छ  । 
बर्षातको समयमा न त बस्नलाई ठाउँ छ सानो घर थियो त्यो पनि भत्किएको र जिर्ण अवस्थामा रहेको छ । बर्षातको समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानिय युवाले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाईदिएका छन । 
हाल उक्त झुपडी बनाईदिएकोे भएपनि स्थानिय युवाहरु भने हरिराम दम्पतीको पक्की घर बनाउन तर्फ जुटेका छन ।  
स्थानिय हिक्मत चन्दको नेतृत्वमा स्थानिय युवाहरुले भदौ १ गतेदेखि हरिरामको लागी पक्की घर बनाउने गरेर ढुङगा निकाल्न समेत सुरु गरेका छन । हामीले हरिरामको स्थाई बसोवासको व्यवस्था गर्न चाहेका छौ स्थानिय हिक्मत चन्दले भन्नुभयो“कुनै पनि निकायले सहयोग नगरेपनि हामी चन्दा संकलन गरेर पनि हरिरामको घर निर्माणमा जुटेका छौ”
स्थानिय युवाले सबै सरोकारवाला निकाय र स्थानियबासीलाई थप समेत सहयोग गर्न अपिल गरेका छन । 
 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal