• ON AIR
  • UP NEXT

मेलौली नगरपालिकाको बजेट ३० करोड ६२ लाख

news

बैतडी,२५ साउन -
बैतडीको मेलौली नगरपालिकाले ३० करोड बढी बजेट सार्वजनिक गरिएको छ । 
आज नगरपालिकामा सम्पन्न नगर परिषदले ३० करोड ६२ लाख १२ हजार ४ सय ८४ रुपैया बजेट नगरप्रमुख कृष्ण सिंह नायकले सार्वजनिक गरेको हो । यस्तै नगरकार्यपालिकावाट नगरसभामा पेस हुने निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ । 
निती तथा कार्यक्रममा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक लगायतका बिभिन्न बिकास निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरपालीकाका सबै वडामा सडकको व्यवस्था गर्ने, नगरपालिकाका भवन निर्माण गर्ने, एम्बुलेन्स खरिद गर्ने, मेलौली प्राथमिक स्वास्थ्यकेन्द्रमा शव गृह घर निर्माण गर्ने लगायत कार्यक्रम समावेस गरिएका छन । 
यसैविच बैतडी जिल्लाका बिभिन्न स्थानिय तहमा गाउँ परिषद र नगरपरिषद सुरु भएका छन् । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal