• ON AIRBahakine Man
  • UP NEXT

सगिंत सिकेर आउँ,यो क्षेत्र लाई अझ क्लियर गरौँ : राम जी खाडँ ।।

news

नेपाली गीत सगिंत क्षेत्रमा २०५६ साल बाट आफ्नो यात्रा सुरु गरेका लोकदोहोरी गायक राम जी खाडँ यतिबेला श्रोता दर्शक माझ निकै चर्चित छन् । देश तथा बिदेशमा आयोजना हुने ठुल्ठुला महोत्सबहरुका मुख्य आर्कषणका रुपमा रहेका राम जी खाँड सगँ पत्रकार सि पि लोहियाले गरेको कुराकानीको सम्पादित अशं ।। 
 
जिन्दगी कसरी चल्दैछ ?
  यस्तै हो कलाकारको जिन्दगी गीत सगिंत मै समर्पित छु, मेरो यात्रा सगिंत सगं जोडीएपछि यसैमा दिनरात बित्छन् ,यसरी  
  नै भनौँ । 
तपाईको गायन क्षेत्र निकै फष्टाएको पाईन्छ । सुरुवात चाही कहाँ बाट भयो ?
– सानै देखी गीत सगिंत तिर चासो, सबैका गित हरु सुन्ने गाउने बानी चाही थियो तर औपचारीक रुपमै अथवा मैले एल्बम  
  सबै माझ ल्याएको २०५६ साल बाट भन्न सकिन्छ ,
देउरालीको भट्टीपसल भन्ने गीत तपाईको पहिलो गित थियो की ?
  होईन त्यो भन्दा पहिला मैले कैयौ एल्बम हरु गरेँ तर अलिकति क्लिक भएको मलाई दर्शक श्रोता रुहले चिन्नु भएको   
  देउरालीको भट्टी पसल हो त्यहाँबाट एउटा चर्चामा रहँे, त्यहीँ हो , त्यसपछाडी मेरो भनौन एउटा चर्चा चुलियो ।,
तपाई यतिबेला लोक दोहोरी क्षेत्रको हिरो हो ?
   लामो हासोँ... आप्पै कल्ले भन्यो , मलाई दर्सक हरुले एउटा मायाँले भन्ने गर्छन होला , सबैले आफुलाई मन परेको मान्छे 
   लाई हिरो जस्ले भन्छ , आफुलाई जुन चिज मन प¥यो भने त्यही नं १ हो भन्ने लाग्छ ,  मैले धेरै गीतहरु गाँए श्रोता हरुले  
   मन पराई  दिनुभयो केही म्यजीक भिडियो हरु खेलेको छु दर्सक हरुले एउटा माया दिएकाछन्, तर यो क्षेत्रको हिरो हो भनेर म कसरी 
   भन्न सक्छु ? जे होस मैले काम गरिरहेका सर्जक हरु सगं रहेर केही पृथकता दिने प्रयास गर्छु श्रोता दर्सक हरुले मलाई  
   जसरी साथ एउटा मायाँ दिएकाछन् उहाँ हरु प्रति म आभारी छु ।
सगिंत क्षेत्रमा के गर्ने योजना छ तपाईको ?
  अहिले सम्म त्यस्तो प्लान नै त केही बनाको छैन मैले, त्यैपनि यहि क्षेत्रमा सर्मपित रहनेछु मात्रै एउटा मनमा दिमागमा छ 
  की समयानुकुल सुहाउने केही नयाँ गर्नुपर्छ जस्तो लाग्छ जस्तो हिजो र आज मैले गाएका गितहरु मा केही तपाईले श्रोता  
  दर्सक हरुले पनि फरक पाउनु भयो होला त्यँही नै हो  । 
यो क्षेत्रमा सिकेर जानु कति आवस्यक छ ? 
  एक दम आवस्यक छ, हामी नसिकेरै यो क्षेत्रमा प्रबेश ग¥यौँ त्यसैले पनि दुःख पायौँ अव एक्काईसौँ सताब्दीमा हामी त्यतिक्कै 
  काम गरेर हुदैँन बुझेर जानेर हामीले काम गर्नुपर्छ । अव सिक्न कोलागी राजधानीनै जानुपर्छ भन्ने होईन मोफसल बाटै 
  सिकेर पनि कतिपय नयाँ कलाकार हरुले राम्रो गर्न सक्छन् , त्यसैले पछिल्लो आउने पडिहरु जतिपनि हुनुहुन्छ पिल्ज  
  तपाईहरु बुझेर जानेर आउनुस त्यसपछि मात्र हाम्रो यो क्षेत्र सफा हुन्छ अहिलेको जस्तो धमिलो नहोस जस्तो यो गीत  
  बिक्रिति आयो भन्नु पर्दैन हामी ले बुझि सकेपछित राम्रा चिजलाई सिर्जना गर्छौ त्यसैले नयाँ आउने जतिपनि कलाकार  
  हुनुहुन्छ उहाँहरु लाई मेरो सल्लाह छ तपाई न आत्तीनुस एक दमै दिमाग लगाएर ध्यान लगाएर सिकेर आउनुस् भन्न   
  चाहन्छु । 
तपाई कलाकार हरुले भन्ने गरेको पाईरेसी को कुरा गरौँ,यो बिषयमा के भन्नुहुन्छ ?
  हाम्रो देशमा आएको डिजिटल मार्केट सगैँको जुन पाईरेसि छ ,यो एउटा ठुलो बिक्रिति हो कलाकारले गरेको लगानीको कुनै 
  मुल्य नै छैन भन्न सकिन्छ,कलाकारको सुरक्षा अथवा सजिलोको लागी राज्यले गम्भीर बनिदियो भने यो रोकिन सकिनछ की 
  भन्ने आस गर्न सकिन्छ, अन्यथा कलाकारलाई पछिल्लो समयमा एकदमै बाच्न पनि गाह्रो हुने अवस्थाछ । 
यदि डिजिटल मार्केट अथवा पाईरेसी रोकियो पैसा तिरेर श्रोता दर्सक ले गीत सुन्नुपर्ने अवस्था आयो भने तपाईहरुका गीत श्रोता माँझ पुग्न सकदैनन् की भन्ने डर लाग्दैन ?
  होईन, दर्सक श्रोता हरुले त अहिले पनि पैसा खर्च गरेर नै गित सुन्ने गरेकाछन् । तर त्यो पसा को केहि असं भएनी कम्पनी  
  सगं पुग्नु प¥यो,डाउनलोड सेन्टर हरु ले कमाएको केहीँ रकम हामी कलाकार सगं पुग्यो भने हामीलाई पनि केही हौसला 
  मिल्छ,लागानीको कदर गरेजस्तो महसुस हुन्छ ।
तपाईको यो  सफल्ता पछाडिको श्रेय कस्लाई जान्छ ?
  मेरो लगाव हो, मेरो मेहेनत,त्यो पछि श्रोता दर्सक हरु, र मैले चर्चित सर्जक हरु सगं काम गर्न पाएँ सबै श्रेय उहाँ हरुलाई 
  नै दिन चाहन्छु ।
अन्त मा केहि भन्नु हुन्छ की ?
 अन्तमा, सम्पुर्ण दर्शक श्रोता हरुलाई नेपाली गीत सगिंत लाई माँया गरिदिनुहोला, कलाकारलाई मायाँ गरिदिनुहोला तपाई 
 हाम्रो साथ सधैँ कायम रहोस मेरा गितहरु पनि सुनिदिनुहोला यहि नै भन्न चाहन्छु ।
हस्त तपाईको अमुल्य समयको लागी धन्यवाद ।
 तपाईलाई पनि धन्यवाद बोलाईदिनु भयो आफ्ना केही कुराहरु राख्ने मौका दिनुभयो धेरै धेरै धन्यवाद ।  
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal