• ON AIR
  • UP NEXT

पाकिस्तानका प्रधानमन्त्रीमा अब्बासी

news

 पाकिस्तान,१५ साउन– शाहिद खकान अब्बासी पाकिस्तानका अन्तरिम प्रधानमन्त्री बन्नुभएको छ । 

सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग नवाजले अन्तरिम प्रधानमन्त्रीका रुपमा अब्बासीको नाम सिफारिस गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । नवाज शरिफको सरकारमा पेट्रोलियम मन्त्री समेत रहेका उहाँले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ । 

पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनुहुनेछ ।

 प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नुहुनेछ । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal