• ON AIR
  • UP NEXT

ट्रम्पको आदेशको विषयमा अदालतको प्रश्न

माघ २६,
अमेरिकाको पुनरावेदन अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश मुस्लिममाथिको विभेद रहे नरहेको विषयमा सुनुवाई भएको छ । सुनुवाईको क्रममा न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद हो कि होइन यसबारेमा जवाफ पेश गर्न भनेको छ ।सन फ्रान्सिस्कोमा रहेको पुनरावेदन अदाललतमा यस विषयमा सुनुवाई सुरु भएको हो । न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिममाथिको विभेद हो वा होइन भन्ने बारे जवाफ पेश गर्न भन्नुभएको हो । न्यायाधीश क्लिफ्टनसहित तीन न्यायाधीशको इजालासमा भएको सुनुवाईमा पक्ष र विपक्षका वकिलबिच एक घण्टासम्म बहस भएको थियो । सन फ्रान्सिस्को पुनरावेदन अदालतले यो केही दिनमा आफ्नो फैसला दिनेछ । राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि धेरै नागरिक प्रभावित भएका थिए ।

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal