• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य शुरु

news

असार २ बैतडी - सरकारले आगामी असोजमा प्रदेशसभाको निर्वाचन गर्ने बताइरहेका बेला निर्वाचन कार्यालय बैतडीले त्यसको तयारी गर्न थालेको छ । फोटो सहितको मतदाता परिचयपत्र बनाउन साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 
आज  जिल्लास्थित राजनीतिक दल र सञ्चारकर्मीको बैठकमा यस अघि नाम दर्ता छुट भएका र योग्यता पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । 
 
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम समावेश नभएका र नाम ठेगना गलत भएका धेरै मतदाताले मताधिकार प्रयोग गर्न नपाएको गुनासो स्थानीयले गरेका थिए । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरे पनि नामावलीमा नाम छुटेर धेरै मतदाता मताधिकारबाट वञ्चित भउको गुनासो समाधानको लागि आयोगले नाम दर्ता र अद्यावधिक कार्यक्रम गर्न थालेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुयालले बताउनुभयो ।
 
 जिल्लास्थित राजनीतिक दलहरुले मतदाता नामावली संकलन गर्ने समय छोटो र प्रत्येक गाउँपालिकामा टोली पठाउनुपर्ने बताएका छन् । समय छोटो भएकाले मतदाता नामवली संकलनको समय छोटो राख्नुपर्ने बाध्यता भएको निर्वाचन कार्यालयले राखेको छ । 
 
जनशक्ति अभाव आर्थिक र प्राविधिक कारणले जिल्ला निर्वाचन कार्यालयमा मात्र नाम दर्ता र अद्यावधिक गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal