युवाका मुद्धा विषयक अन्तक्रिया सम्पन्न

असार २ बैतडी-जिल्ला युवा समिती कार्यालयले आज पत्रकार हरु संग युवाका मुद्धा विषयक तथा कार्यक्रमको वारेमा अन्तक्रिया सम्पन्न गरेको छ । जिल्ला युवा समिती को हलमा भएको उक्त कार्यक्रमा वर्ष भरि कार्यालयले गरेका कार्यक्रमको वारेमा पनी जानकारी गराएको थियो । कार्यक्रममा वोल्दै जिल्ला युवा समिति बैतडीका अध्यक्ष सन्तोष प्रकास जोशीले यो राजनतिक नियुक्ती भए पनी यसमा कसैलाई काखा र पाखा नगरिएको वताए ।
यसवाट पाउने सेवा सुविधा सवैले पाउनु पर्छ यसका हरेक कार्यक्रममा सवै युवाले सहभागी भई लाभ लिन समेत अध्यक्ष जोशीले आग्रह समेत गरे । वाहिरी जो अनावस्यक हल्ला गर्नेको पछी नलाग्न समेत आग्रह गरे । अहिले सम्म क्षेत्र नं १ र क्षेत्र नं। २ का दुई उद्यमी युवाका व्यवसाय लाई विना व्याज ऋण उपलव्ध गराएको अध्यक्षले जोशीले जानकारी दिए । विना व्याज ऋण पाउनेमा क्षेत्र नं १ कोटपेटरक का विरेन्द्र भट्टको लाली गुरास वाख्रा पालन समुह र क्षेत्र नं। २ दसरथचन्द नगरपालीकामा रहेको आशाकिरण वाख्रा पालन समुहले पाएको हो ।
यसै गरि जिल्ला भर ५ सया १९ जना युवा स्वोयमसेवक को गठन गरिसकेको यि स्वोयम सेवकले समाजमा हुने विकृती विसंगती लाई निराकरण गदै समाजिक परिर्वतनको काम गरिरहेको वताईएको छ । जिल्ला भरका धार्मिक अगुवाहरु लाई युनीसेफ संग सहकार्य गर्दै छुवाछुत र वालविवाह कम गर्ने जनचेतनमुलक तालीम समेत दिईएको जिल्ला स्वास्थ्य कार्यालय संग सहकार्य गर्दै शुन्य होम डेलीभरी अभियान परिचालन गरेको यस्तै जिल्ला स्थित सरोकारवला, सरकारी गैर सरकारी कार्यालय संगै समुन्वय गर्दै काम गरि राखेको समेत अध्यक्ष जोशीले अन्तकृयामा जानकारी गराए । केन्द्र वाट आएको निर्देशन अनुसार ज्रिल्लामा युवा समितीले काम गरिराखेको समेत उनले वताए ।
जिल्ला युवा समितिको जिल्ला स्तरीय युवा प्रतिभा र उद्यमीको खोजी कार्यक्रम अन्तरगत उत्कृष्ट युवाहरुलाई सम्मान गरेको जनाएको छ । अध्यक्ष सन्तोस जोसीका अनुसार खेलकूद तथा मनोरञ्जन बिधाबाट अन्जली चन्द, उद्योग उद्यमसिलता र व्यवसाय बिधाबाट उष्कृष्ट त्रिबेणी मौरीपालन उद्योग दोगडा केदार बैतडीकी देबकी जोसीलाई पुरुष्कृत गरिएको छ । यस्तै स्वास्थ्य तथा समाजिक सुरक्षा बिधा तर्फ ए एस डि एन फाउनडेसन सस्थाका भुवनराज भट्टलाई पुरुष्कृत गरिएको छ ।
युवा प्रतिभा पहिचान कार्यक्रम एकल तथा सामूहिक गायन प्रतियोगितामा उत्कृष्ट ४ जना युवालाई पुरुस्कृत गरेको जिल्ला युवा समितिले जनाएको छ । गायन प्रतियोगितामा प्रथम कृष्णानन्द भट्ट,द्धितिय सन्दीप भट्ट, तृतिय देवराज जोसी तथा सान्वता स्थान प्राप्त गर्ने हरुवड लाई पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।