• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

शिवमन्दिरहरुमा भक्तजनहरुको भीड

news

साउन २,बैतडी - साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि शिवमन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । साउनको सोमबार भगवान शिवको पूजाआराधना गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
 
आजका दिन ब्रत बसी विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायु र चिरायुको कामना गर्दछन भने अविवाहित महिलाले सुयोग्य पति प्राप्तिको कामना गर्ने गर्दछन् । बैतडीका विभिन्न शक्तिपीठहरुमा समेत भक्तजनहरुको घुइचो लागेको स्थानीयबासीले बताएका छन् ।
 
साउनको सोमबारमा पूजाआजा गरेमा दुःखकष्ट सबै नष्ट हुने जनविश्वास रही आएको छ । बैतडीका त्रिपुरासुन्दरी, निंगलाशैनी, डिलाशैनी, मेलौली लगायतका भगवतीका मन्दिरहरुमा भक्तजनहरुको ठूलो भीड लाग्ने गर्दछ भने रौलाकेदार,ग्वाल्लेककेदार, शिवनाथ, उदयदेव लगायतका मन्दिरहरुमा पनि भक्तजनहरुको ठूलो भीड लाग्ने गर्दछ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal