• ON AIR
  • UP NEXT

द्वन्दपीडितका लागि बैतडीमा आएको ३ करोड बढी राहत रकम फ्रीज

news

साउन २ बैतडी-बैतडीमा गत आर्थिक बर्षमा द्वन्दपीडितहरुका लागि आएको ९ करोड ८२ लाख ५० हजार मध्ये ३ करोड ५७ लाख ७५ हजार ३ सय रुपैया फ्रिज भएको छ ।
 
ढिलो गरी अख्तियारी प्राप्त भएको र बीचमा स्थानीय तहको निर्वाचन भएकाले समयमै द्वन्द पीडितलाई रकम वितरण गर्न नसक्दा फ्रिज गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 
असारको महिनामात्रै अख्तियारी आएकाले सबै रकम वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखापाल गोविन्द रावलले बताउनुभयो ।
 
द्वन्दका बेला बैतडीमा १७१ जनाको मृत्यु भएकोमा ८१ जना सर्वसाधारण मृतकका परिवारले ५ लाखका दरले र ६१ जना सेना प्रहरीका मृतकका परिवारले १ लाख ५० हजारका दरले राहत रकम पाएको उहाँले बताउनुभयो ।
 
यस्तै बेपत्ता २७ जना मध्ये २५ जनाका परिवारले ५ लाखका दरले राहत रकम पाएको छ । यसैगरी विस्थापित ३३६ जना मध्ये २९ जनाले २५ हजारका दरले राहत रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal