• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

सर्पको टोकाइबाट एक महिलाको ज्यान गयो

news

बैतडी : बैतडीको पाटनमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिकाकी वडा नम्बर ६ की ५५ बर्षीया गोमती बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

बिहान करिब ८ बजेतिर खेतमा घास काटीरहेकी विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाउने बित्तिकै बिष्टलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal