• ON AIR
  • UP NEXT

डडेल्धुराका ७ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक

news

डडेल्धुरा-प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अमरगढी नगरपालिका  अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपीन) र संगीता भण्डारी विजयी हुनु भएको छ ।
 
एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझा ३ हजार ७ सय ६८ मत ल्याई विजयी हुनु भएको हो । परशुराम नगरपालिका  परशुराम नगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा पनि कांग्रेसकै कलापतिदेवी बोहरा विजयी हनुभएको  हो ।
 
आलिताल गाउँपालिका  आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका बलबहादुर गुरुङ २२६१ मत ल्याएर अध्यक्षमा निर्वा्चित हुनु भएको हो । कांग्रेसकी ज्वालादेवी बोगटी २२४२ मत ल्याएर उपाध्यक्ष निर्वा्चित हुनुभयो ।
 
भागेश्वर गाउँपालिका  भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला भट्ट विजयी हुनुभयो । कांग्रेसकै पदम बोहरा र उपाध्यक्षमा विजयी हुनुभएको छ । गन्यापधुरा गाउँपालिका  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजयी भएको छ ।
 
कांग्रेसका उम्मेदवार नवल मल्ल ३ हजार ३६९ मत ल्याएर अध्यक्षमा निर्वा्चित हुनुभयो । उपाध्यक्षमा कमला ठगुन्ना ३ हजार ४०७ मत ल्याएर विजयी हुनुभएको छ । अजयमेरु गाउँपालिका  अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छ । अध्यक्षमा उमेश भट्ट ‘विकास’ले २६९० मत ल्याएर विजयी हुनुभयो । नवदुर्गा गाउँपालिका  नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भयो । नेपाली कांग्रेसले जिल्लाको एक नगर र तीन गाउँपालिकामा जितेको छ ।
 
यस्तै एमालेले एक नगर र दुई गाउँपालिकामा जित हात पारेको छ भने माओवादी केन्द्र एक गाउँपालिकामा विजयी भएको छ ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal