• ON AIR
  • UP NEXT

पुरचौडी नगरपालिकामा नेकपा माओवादी केन्द्रको जीत

news

बैतडी-बैतडीको पुरचौडी नगरपालिकामा नेकपा माओवादी केन्द्रले जीत दर्ता गरेको छ । जिल्लाका १० ओटा स्थानीय तहमध्ये एउटामा मात्रै माओवादी केन्द्र विजयी भएको हो । आज दिउसो आएको मतपरिणमा पुरचौंडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रणबहादुर कुँवर विजयी हुनुभएको छ । कुवरले ४ हजार ४४६ मत ल्याउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपकबहादुर बमले ४ हजार १११ मत ल्याउनुभयो ।
 
शुरुमा नेपाली कांग्रेसले अग्रता लिएको भएपनि पुरचौंडी नगरपालिकामा अन्तिममा माओवादीले जीत हाँसिल गरेको हो । यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकै जानकी ऐर बम विजयी हुनुभएको छ । बमले ४ हजार ९८४ मत ल्याउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी जानकी साउँदले ३ हजार ९८७ मत ल्याउनुभयो ।
 
उपमेयरमा विजयी जानकी बम माओवादी युद्धकालमा भूमीगत भएर युद्धमा समेत लाग्नुभएको थियो । पुरचौडी नगरपालिकालाई माओवादीको आधारक्षेत्रको रुपमा समेत लिइन्छ । पुरचौंडी नगरपालिकाको वडा नं ३,५ र ९ माओवादी केन्द्रले जितेको छ भने वडा नं १,२,७ र ८ मा नेपाली कांग्रेसले जितेको छ । यस्तै वडा नं ४,६ र १० मा एमालेले जितेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal