• ON AIR
  • UP NEXT

दोगडाकेदार गाउँपालिकामा नेकपा एमाले विजयी

news

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा एमालेका चक्रबहादुर कार्की ३ हजार १४९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका तारासिंह कुँवरले २ हजार ७९१ मत ल्याउनुभयो ।
 
यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेकै पार्वती कार्की विजयी हुनुभएको छ । कार्की ३ हजार २१७ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लक्ष्मी ओडले २ हजार २९६ मत ल्याउनुभयो ।
 
दोगडाकेदारको वडा नं १ मा कांग्रेस, २,३,५ र ६ मा नेकपा माओवादी केन्द्र तथा वडा नं ४,७ र ८ मा एमाले विजयी भएको निर्वाचन अधिकृत वासुदेव रिजालले जानकारी दिनुभयो । यस्तै बैतडीको डिलाशैनी गाउँपालिकामा पनि एमालेले जितेको छ । अध्यक्ष पदमा एमालेका उकेन्द्रबहादुर  बोहरा २ हजार ६६३ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर रानाले २ हजार २५२ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा एमालेकै पार्वती राना विजयी हुनुभएको छ ।
 
उहाँले २ हजार ६९६ मत ल्याउनुभयो । उहाँका निकटम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुशीला बोहराले २ हजार २१६ मत ल्याउनुभयो ।
 
डिलाशैनी गाउँपालिकाको वडा नं १,२,४ र ५ मा एमाले विजयी भएको छ भने वडा नं ३ र ७ मा नेपाली कांग्रेस विजयी भएको छ । डिलाशैनीको वडा नं ६ मा माओवादीकेन्द्र विजयी भएको छ । 
 

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal