• ON AIR
  • UP NEXT

पाटन नगरपालिकामा नेपाली कांग्रेस विजय

news

बैतडी- बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । मेयरमा नेपाली कांग्रेसका केशवबहादुर चन्द ४ हजार ८३३ मत ल्याएर विजयी हुनुभएको हो ।
 
उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका नरेश विकले ३ हजार ३८२ मत ल्याउनुभयो । उपमेयरमा नेपाली कांग्रेसका सरस्वती कोली विजयी हुनुभएको छ । कोलीले ३ हजार ६९५ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका दुरादेवी भट्टराईले ३ हजार ४५६ मत ल्याउनुभयो ।
 
पाटन नगरपालिकाको वडा नं २,५,८ र ६ का वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नं ४,१०,९ र ७ का वडा अध्यक्षमा नेकपा एमालेले जितेको छ ।
 
यसैगरी पाटन नगरपालिकाको वडा नं १ र ३ का वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal