• ON AIR
  • UP NEXT

१०ओटै स्थानिय तहको मत परिणाम सार्वजनिक ६काग्रेश,३मा एमाले र १मा माओबादी बिजय ।।

news

बैतडी-बैतडीका १० ओटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतका कार्यालयहरुले दिएको जानकारी अनुसार ६ तहमा नेपाली कांग्रेस, ३ तहमा नेकपा एमाले र १ तहमा माओवादी केन्द्र विजयी भएको छ । 
नेपाली कांग्रेसले दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा जीत हासिल गरेको हो । यसैगरी नेकपा एमालेले दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जीत हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले पुरचौडी नगरपालिकामा जीत हासिल गरेको छ । दशरथचन्द नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नरेन्द्रसिंह थापा र उपमेयरमा मीना चन्द विजयी हुनुभएको छ । यस्तै पाटन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केशवबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकै सरस्वती कोली विजयी हुनुभएको छ ।
 यसैगरी मेलौली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णसिंह नायक र उपमेयरमा नेपाली कांग्रेसकै राधा ओझा निर्वाचित हुनुभएको छ । पुरचौंडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रणबहादुर कुँवर र उपमेयरमा नेकपा माओवादी केन्द्रकै जानकी ऐर बम विजयी हुनुभएको छ । यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर बिष्ट र उपाध्यक्षमा नेकपा एमालेका लीला बिष्ट निर्वाचित हुनुभएको छ ।
 दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा एमालेकै पार्वती कार्की निर्वाचित हुनुभएको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्षमा एमालेका उकेन्द्रबहादुर बोहरा र उपाध्यक्षमा एमालेकै पार्वती राना निर्वाचित हुनुभएको छ । सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा नेपाली कांग्रेसकै द्रोपती चन्द निर्वाचित हुनुभएको छ । 
पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट निर्वाचित हुनुभएको छ । शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउँद र उपाध्यक्षमा एमालेका कुष्मा चन्द निर्वाचित हुनुभएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal