• ON AIR
  • UP NEXT

विश्वकप: उपाधी फ्रान्सलाई,क्रोएसिया ४-२ गोल अन्तरले स्तब्ध

news

काठमाडौं,३२ असार-विश्वकप २०१८ को उपाधी फ्रान्सले जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचालेको हो।  फ्रान्सले क्रोएसियालई फाइनलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो।  फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले ३९औँ मिनेटमा गोल गरेका थिए। एक गोल फ्रान्सले क्रोएसियाका मारियो...

विश्वकप : बेल्जियम तेस्रो स्थानमा , इंग्ल्यान्ड चौथो

news

काठमाडौं ,३१ असार-बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो। शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने विश्वकप २०१८ को चौथो स्थानमा रह्यो।  बेल्जियमलाई जीत दिलाउनका लागि खेलको चौथो मिनेटमा थोमस...

क्रोएसिया ऐतिहासिक जीत निकाल्दै फाइनलमा

news

एजेन्सी,असार २८- विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल...

विश्वकप : फ्रान्स फाइनलमा, बेल्जियम स्तब्ध

news

 काठमाडौं,२७असार-फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ। फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।  फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो। उम्टीटीको उक्त...

क्रोएसिया र इंग्ल्याण्ड सेमिफाइनलमा

news

काठमाडौं,२४ असार -आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएको पेनाल्टी सुटआउटमा पुगेको नाटकीय खेल क्रोएसियाले ४–३ ले बाजी मार्यो । पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल...

ब्राजिल क्वाटरफाइनलबाट घर फर्कियो,बेल्जियमसँग पराजित

news

काठमाडौं, २३ असार - विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो।  पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई पराजित गर्दै बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको छ। बेल्जियमले भने ब्राजिललाई ५५ वर्षपछि पराजित गरेको हो। यसअघि...

विश्वकप : ठूला टोली घर फर्किएसँगै रोमाञ्चक

news

–कुमार चौलागाई  काठमाडौँ, २१ असार- रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ ।  रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।  प्रतियोगितामा कम...

ईंग्ल्याण्ड र स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

news

काठमाडौं,२० असार-कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो गरिएको हो ।   पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई...

डेनमार्क विश्वकपबाट बाहिरियो

news

काठमाडौँ, १८ असार- खेल सुरु भएको पहिलो मिनेट र चौथो मिनेटमा एक अर्काविरुद्ध गोल गरेका डेनमार्क र क्रोएसियाको खेलको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै देशले गोल गर्न नसक्दा रुसमा जारी विश्वकप २०१८ मा  एकै दिन दोस्रोपटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। नकआउट चरणमा आयोजक रुस र स्पेनबीचको खेलको...

स्पेन भर्सेस रुसको भिडन्त

news

 काठमाडौं, १७ असार -सन् २०१० को विश्व विजेता स्पेनले समूह चरणमा आश्चर्यजनक रुपमा इरान र मोरक्कोबिरद्ध संघर्ष गर्नुपरेको थियो । मोरक्कोसँगको खेलमा डेभिड डि जियाले गम्भीर त्रुटी गरे पनि डिएगो कोष्टाले स्पेनको उद्धार गरेका थिए । स्पेनिस टोलीमा इस्को असाधारण देखिन्छन् । र, यही स्पेनले घरेलु टोली रुससँग लुज्निकी रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।   यता सुरुवाती दुई...

सन्दीप क्यानेडियन लिगमा अनुबन्ध

news

 काठमाडौं- २१ जेठ -नेपाली क्रिकेटर सन्दिप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग आईपीएलमा गज्जबको प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका छन् ।  लेग स्पिनर...

आईपीएलको उपाधि चेन्नईलाई,हैदरावाद ८ विकेटले स्तब्ध

news

मुम्बई ,१४ जेठ  – आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले  हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो । यो जितसँगै चेन्नइले २० करोड भारू (३२ करोड रुपैयाँ) जितेको छ। आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए । विष्फोटक व्याटिङ गरेका...

हैदराबाद आईपीएलको फाइनलमा, कोलकाता बाहिरियो

news

भारत, १२ जेठ – अफगानिस्तानी स्टार रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ ।  दोस्रो इलिमिनेटरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदराबादले चेन्नई सुपर किंग्ससँगको फाइनल भेट पक्का गर्‍यो ।हैदराबादलाई जित दिलाउनका लागि रसिद खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे ।...

आइपिएल : हैदरावादद्वारा ब्यांग्लोर ५ रनले पराजित

news

काठमाडौँ ,२५ वैशाख -आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको ३९ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५ रनले पराजित गरेको छ |  आफ्नो घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले १६ ओभरमा १०८ रन बनाउँदा ५ विकेट मात्र गुमेको थियो तर अन्तिम खेलसम्ममा रोयल च्यालेन्जर्स ब्यांग्लोरले हैदरावादलाई अल आउट गरिदियो | जसको कारण...

आईपीएल : मुम्बइको जित, कोलकाता १३ रनले पराजित

news

काठमाडौं, २४ वैशाख– आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले महत्वपूर्ण जित हात पारेको छ । आइतबारको पहिलो खेलमा मुम्बइले कोलकाता नाइट राइडर्सलाई १३ रनले हराउँदै महत्वपूर्ण २ अंक थपेको हो । १ सय ८२ रनको लक्ष्य पछ्र्याएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि रोबिन उथप्पाले ३५ बलमा ५४ तथा दिनेश कार्तिकले २६ बलमा नटआउट ३६ रन बनाएपनि...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal