• ON AIR
  • UP NEXT

७ नं प्रदेश सरकारद्वारा एक अर्बको बजेट प्रस्तुत

news

धनगढी,  १० वैशाख-प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले  प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्ष २०७४÷७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो । कूल विनियोजितमध्ये चालुतर्फ रु ३० करोड सात लाख ७७ हजार, पूँजीगततर्फ रु १५ करोड ५७ लाख र अर्थ विविध शीर्षकमा रु ५६ करोड ४० लाख २३ हजार बजेट रहेको छ । अर्थ विविधतर्फ कृषि...

पञ्चेश्वरमा सहमति जुटाउन बैठक

news

काठमाडौँ, १०  वैशाख - पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक  आज सोमबारदेखि काठमाडौँमा शुुरु हुने भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...

संसद्मा १४.४९ प्रतिशत मात्र युवा

news

काठमाडौँ,९ वैशाख -संसद्मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभयो । कूल ८८४ सांसदमध्ये १७० जना मात्रै युवा सांसद निर्वाचित भएका छन् । तीमध्ये संघको प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा चार तथा...

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

news

काठमाडौँ, ५ वैशाख - केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति...

पत्रकार महासंघ : प्रदेशमा तालमेल हुने

news

काठमाडौँ,५ वैशाख - नेपाल पत्रकार महासंघ प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेल गर्ने सहमति गरेका छन् ।  तीन संस्थाका पदाधिकारीको बसेको बैठकले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने निर्णय गरेका छन् ।  यही वैशाख २२ गते हुने प्रदेश समितिको अधिवेशनमा प्रेस...

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

news

काठमाडौँ, ४  वैशाख - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ ।  कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो...

बैतडीमा मतदाता नामावली संकलन कार्य सुरु

news

विनोद सिंह विष्ट-बैतडी,२ बैशाख-बैतडीमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु भएको छ । १६ बर्ष पुरा भई नागरिकता प्रमाणपत्र लिएका यो भन्दा अगाडी मतदाता नामावली नाम नभएका नागरिकले जिल्ला निर्वाचन कार्यालय बैतडीमा आफ्नो नाम गर्दा गराउन सक्ने जिल्ला निर्वाचन अधिकारी माधव फ्यालले जानकारी दिनुभयो । १६ वर्ष पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै...

शैक्षिक सूचकांक सुधार्न डेढ अर्ब अनुदान माग

news

काठमाडौं, ३० चैत – सरकारले शिक्षा क्षेत्रमा महत्वपूर्ण तीन सूचकांकलाई वुद्धि गर्ने प्रतिवद्धता जनाउँदै ग्लोबल पार्टनरसीप फर एजुकेसन (जीपीई)सँग १५ मिलियन अमेरिकी डलर अनुदान सहयोग माग गरेको छ । शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालन गर्न आन्तरिक स्रोत अपर्याप्त भएपछि अनुदानका रुपमा तत्कालका लागि नेपालले सो सहयोगको प्रस्ताव गरेको हो । शिक्षा, विज्ञान तथा प्रविभि...

अब सात दिनमै स्मार्ट लाइसेन्स

news

काठमाडौँ, २९ चैत — यातायात व्यवस्था विभागले एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ । देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने, राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ । तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे । सेवाग्राहीले सवारी चालक...

सिंहदरबार भत्काउन फेरि चलखेल

news

काठमाडौँ, २७ चैत — एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ । पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ प्रबलीकरणका लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ। यसले भत्काउने पक्षमा...

जिससका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन निर्देशन

news

काठमाडौँ, २६ चैत- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले  प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी सिधै स्थानीय तहमा समायोजन गर्न लागेको जानकारी दिएको छ । स्थानीय शासन सञ्चालन ऐन,...

संघीय मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

news

काठमाडौँ, २५  चैत- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । आगामी वैशाख २ गते सबै स्थानीय तहका पदाधिकारी,...

सरकारी सिटामोल आजबाट बजारमा आउने

news

काठमाडौं, २३ चैत – नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल आजबाट बजारमा आउने भएको छ । गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन सुरु गरेको लिमिटेडले १० लाख सिटामोल आजबाट बजारमा ल्याउन लागेको हो । सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ । सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन...

विद्यार्थी भर्ना अभियान वैशाख महिनाभर चल्ने

news

काठमाडौं, २३ चैत – सरकारले आगामी बैशाख महिनाभरि विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । स्थानीय तहका जनप्रतिनिधीको सहकार्यमा एक महिना भर्ना अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिएको हो । संविधानमा नै आधारभूत र माध्यमिक तह शिक्षा व्यवस्थापन जिम्मा स्थानीय तहलाई दिएपछि सरकारले यस्तो निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई...

५ मन्त्रालयमा १२ सचिव दरबन्दी

news

काठमाडौं, २१ चैत – सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो । मन्त्रिपरिषदको  बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमा तीन/तीन तथा शिक्षा, युवा तथा खेलकुद, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal