• ON AIR
  • UP NEXT

जसले हलीया बन्नबाट छुट गराउछ उसैलाइ भोट दिने

news

असार १ बैतडी, स्थानीय तहको चुनावका लागी नेता कार्यकर्ताहरु  गाउँघरमा पुगिरहेको बेला बैतडीका मुक्त हलीयाहरुले जसले आफुहरुलाइ हलीया बन्नबाट छुट गराउछ उसैलाइ भोट दिने बताएका छन् । मुक्तहलीयाको परिचयपत्र हातमा पाइसक्दा पनि अझै साहुको घरमा काम गर्नुपर्ने बाध्य भएकाले आफुहरुलाइ हलिया बन्नबाट मुक्त गर्नेलाइ भोट दिने उनिहरुको भनाइ छ ।     आज भन्दा २० बर्ष पहिले लिएको ऋिण...

तीन प्रदेशको उम्मेदवारी दर्ता ४ गते गर्ने

news

 निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता यही असार ४ गते सारेको छ । आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आइतबार गर्ने निर्णय गरेको हो । यसअघि भोलि शुक्रबारदेखि मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । तर, सरकारको आग्रहअनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि सारिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७...

दोस्रो चरणको चुनाव असार १४ गते

news

जेठ १७ काठ्माण्डौँ - मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सार्ने निर्णय भएको हो । चुनाव सार्नेबारे प्रधानमन्त्रीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो ।    निर्वाचन आयोगले ७४४...

जेठ ३१ को चुनाव केही दिन सार्ने प्रमुख दलको तयारी

news

जेठ ३१ को चुनाव केही दिन सार्ने प्रमुख दलको तयारी १४ जेठ, काठमाडौं - आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन केही दिन सर्ने लगभग पक्का भएको छ । चुनावको मिति सारेर भएपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन प्रमुख दलहरु सहमति नजिक पुगेका छन् । राजपाले चुनावमा सहभागिता हुने संकेत दिएको छ । तर, प्रतिवद्धता जनााएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल...

सेनाले एकैपटक १० ठाउँबाट फास्ट ट्र्याकको निर्माण थाल्दै

news

१४ जेठ, निजगढ - नेपाली सेनाले एकैपटक १० स्थानबाट काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण गर्ने सुरु गर्ने भएको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्र्याक निर्माणका लागि अब तत्काल सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ । सेनाले फाष्ट ट्र्याकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने आयोजना प्रमुख नेपाली सेनाका प्राविधिक उपरथी...

सरकारलाई उपेन्द्र यादवको आग्रह-राजपालाई चुनावमा जाने अवसर दिनुस्

news

१४ जेठ, रौतहट - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दल दर्ता र चुनाव चिन्ह प्रदान गरेर राजपालाई पनि चुनावमा भाग लिने अवसर दिन सरकारलाई आग्रह गरेका छन् । यसका लागि चुनावको मिति २/४ दिन अघिपछि गर्न सकिने उनले बताए । रौतहटको गौरमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले दल दर्ता र चुनाव चिन्हको मागलाई सरकार र...

सरकारले भोलि स्थानीय चुनावको मिति घोषणा गर्ने

news

 सरकारले भोलि स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ । आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । र, भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । चुनावको मिति...

राप्रपाको एकता महाधिवेशन,राजासहितको लोकतन्त्र

news

काठमाडौं,  राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकीकरण पछिको एकता महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुई पार्टी एक भएपछि पार्टी अध्यक्ष भएका कमल थापाले महाधिवेशनको उद्घाटन गर्दै राजसंस्थासहितको लोकतन्त्रको प्रस्ताव अघि सार्ने बताए ।  सदियौंदेखि नेपालको राष्ट्रियता र अखण्डताका पक्षमा रहेको संस्थालाई विस्थापित नै गर्नुभन्दा सही ढंगबाट...

६२ किलो अवैध गाँजासहित एक जना पक्राउ

news

फागुन ८ – अवैध रुपमा घरमा भण्डार गरी राखिएको ६२ किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उदयपुरको तावाश्री गाविस–५ बिष्णुचौरीबाट घरमा गाँजा राख्ने घर धनी धनबहादुर राईलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीले विशेष सुराकीको आधारमा प्लाष्टिकका ४ वटा बोरामा प्याक गरी बिक्रीको लागि राखिएको गाँजासहित राईलाई पक्राउ गरिएको इलाका प्रहरी...

डडेल्धुरामा शेरबहादुरमाथि खुकुरी प्रहार

news

डडेल्धुरा, ८ फागुन खानेपानी विवादका कारण डडेल्धुराको कोटेली गाविस १ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको मृत्यु भएको छ । आइतबार विहान खुकुरी प्रहार गरी उनको हत्या गरिएको हो । खानेपानीको विषयमा भएको सामान्य विवाद पश्चात सोही ठाँउका २४ वर्षका भीमबहादुर भूलले आइतवार विहान खुकुरी प्रहार गर्दा साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खुकुरी...

जेठसम्म चुनाव नगरे सरकारको औचित्य सकिन्छ ः लालबाबु

news

  एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जेठसम्ममा निर्वाचन नगरे सरकारको ओचित्य समाप्त हुने बताएका छन्। रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री पण्डितले भने, ‘सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुनेछ ।’ उनले...

लोकमान सिंहलाई महाभियोग लगाउनु नपर्ने ठहर

माघ २६, काठमाडौं : सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भइसकेकाले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्‌ले महाभियोग लगाउनु नपर्ने छानविन उपसमितिले ठहर गरेको छ। महाभियोग सिफारिस समिति अर्न्तगतको उपसमितिले बुधवार आफ्नो प्रतिवेदन समितिमा बुझाउंदै कार्की विरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन नमिल्ने निष्कर्ष निकालेको हो। माओवादी केन्द्रका रामनारायण...

एसएसपीको बर्दी खोल्ने डीएसपी भन्छन्- प्रहरीकै हाकिम समात्नुपर्ला भन्ने सोचेको थिइनँ

२५ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालयमा वातावरण केही फेरिएको छ । नफेरियोस् पनि किन ? अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएका छन् । विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिएका एसएसपी श्याम खत्री अहिले सीआइबीको हिरासतमा छन । उनीसँगै विभिन्न युनिटमा काम गरेका केही...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal