• ON AIR
  • UP NEXT

प्रदेश नं ७ : मुख्यमन्त्रीका लागि भट्टको दाबी

news

धनगढी, ३ फागुन - प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश प्रमुखसमक्ष बुधवार आफ्नो दाबी पेश गर्नुभएको छ ।  माओवादी केन्द्र र नेकपा एमालेका ३७ जना प्रदेश सांसदले मुख्यमन्त्रीमा भट्टलाई समर्थन रहेको भन्दै हस्ताक्षर सहितको समर्थन पत्र प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेश गरेको प्रदेश प्रमुख कार्यालयका...

चट्याङ लागेर २२ जना सैनिक घाइते

news

बैतडी, २  फागुन – चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर,...

प्रधानमन्त्री देउवाले चमेलियाको उद्घाटन गर्ने

news

बैतडी,२७ माघ- राष्ट्रिय गौरबको  ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना  निर्माणकार्य सम्पन्न भएपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा गर्दै हुनुहुन्छ ।   आयोजना प्रमुख अजय कुमार दाहालका अनुसार  प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजेपछि आयोजनास्थल पुगेर  उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँगै उद्घाटनका लागि...

सडक बिस्तारसंगै सुर्नयाको मुहार फेरिदै

news

विनोद सिंह विष्ट–बैतडी,२७ माघ- सडक सञ्जाल बिस्तार भएसंगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिदै गएको छ । केही बर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौंहिड्नुपर्ने बाध्यता रहेको भएपनि सडक बिस्तारले त्यो बाध्यता हटेको छ ।  गाउँमा कुनै मान्छै बिरामी भएपनि उपचारका लागी लैजान समस्या हुने गरेको भएपनि सडक बिस्तारसंगै सहज भएको सुर्नया ५ का सुरेस विष्टले...

नवनिर्मित टेलिकमको टावर सुचारु भएन

news

बैतडी,२६ माघ- बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ को जित्कीजवाडमा रहेको नेपाल टेलिकमको टावर निर्माण गरेपनि सुचारु नहुँदा समस्या भएको छ । करिब २ बर्ष अघि टावर निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म सुचारु नहुँदा आफुहरुलाइ समस्या भएको सुर्नया ७ का बिरेन्द्र कुँवरले बताउनुभयो । टावर सुचारुका लागि पटक पटक सम्न्धीत निकायलाइ जानकारी गराउदा पनि भोली भोली भन्दै  झारो...

शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

news

बैतडी ,२५ माघ- बैतडीको डिलासैनी गाउँपालिका वडानम्बर ७ मा रहेको डिलासैनि माबि खेतागाउँ बिद्यालयका शिक्षकले आजदेखि बिद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । २ बर्षदेखि तलब नपाएकोभन्दै बिद्यालयमा तालाबन्दी गरेको शिक्षक राजेन्द्रप्रसाद जोशीले  बताउनुभयो । उहाँले भन्नुभयो“२ बर्षदेखि तलब नपाएकाले तलब नपाउँदा सम्म बिद्यालयको ताला खोल्ने छैनौं ”  उक्त निजी...

बुवाको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामग्री

news

बैतडी,२५ माघ- बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोसाक,झोला र कापीकलम वितरण गरिएको छ । १२ बर्ष अगाडी स्वर्गीय हुनुभएका बुवा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै,लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुवा गुमाएका ३६ जना बालबालिकालाई पोसाक,झोला र कापीकलम वितरण गरेको हो...

महाशिवरात्रीमा पत्तालभुमेश्वरमा सांस्कृतिक कार्यक्रम

news

विनोद सिंह विष्ट–बैतडी,२५ माघ- बैतडीको सुर्नया गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र पत्तालभुमेश्वरमा महाशिवरात्रीको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । “भाषा कला धर्म र संस्कृतिको संरक्षण गरौं, सबै मिलि पत्ताल भुमेश्वर पर्यटकिय क्षेत्रको विकास गरौं” भन्ने मूल नाराका साथ पत्ताल भुमेश्वर युवा जागरण मञ्च (प्रवासी) र पत्ताल भुमेश्वर...

रौलाकेदार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

news

विनोद सिंह विष्ट–बैतडी,२४ माघ- बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निशुल्क स्वास्थ्य शिविरवाट १ हजार २ सय बढी नागरिक लाभान्वित भएका छन् ।  हाम्रो सुर्नया हाम्रो पहिचान , स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सुर्नया गाउँपालिका , रौलेश्वर पुर्व विद्यार्थी समाज र शुक्रपथ फाउन्डेसनको संयुक्त आयोजनामा सोमवारदेखि सुरु भएको...

पूर्ण सरसफाई कार्यक्रम लागू

news

बैतडी, २२ माघ- बैतडीको दशरथचन्द नगरपालिकाका ४ ओटा वडामा पूर्ण सरसफाई कार्यक्रम लागू भएको छ । नगरपालिकाको वडा नं १,६ र १० मा रुडेस र वडा नं ५ मा दशरथचन्द नगरपालिकाले सहजीकरण गरिरहेको छ । युनिसेफ नेपालको सहयोगमा पूर्णसरसफाई कार्यक्रम लागू भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । अहिले वडाहरुमा पूर्ण सरसफाईयुक्त घर पहिचान गर्ने काम भईरहेको...

दुर्गम लिखाडी सडक सञ्जालमा जोडियो

news

बैतडी,२२ माघ- बैतडी जिल्लाको दुर्गम शिवनाथ गाउपालिकाको वडा न ४ मा लिखाडी सम्म सडक सञ्जाल जोडिएको छ ।  डडेलधुरा बाट पञ्चेश्वर आउने सडकखण्ड २ बर्ष अगाडी भागेश्वर गाउपालिकाको राडिल रहेको भएपछी पछिल्लो एक महिना यता निर्माण कार्यामा तिबैता दिएसंगै लिखोडासम्म सडक सञ्जाल जोडिएको हो ।  राडिल बाट करिब साढे ४ किलोमिटर सडक सम्पन्न हुदा लिखाडीमा सडक पुस्दा स्थानिय बासी हर्षित...

पुर्चौडीमा विद्युत सेवा नहुँदा सरकारी कामकाजमा समस्या

news

बैतडी,२१ माघ- बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा विद्युत सेवा नहुँदा सरकारी कामकाजमा समस्या भएको छ । रातीको समयमा मात्रै सञ्चालन हुने लघुजल विद्युत आयोजना मात्रै भएको र दिउँसोको समयमा सोलारको भरमा काम गर्नुपर्ने बाध्यता रही आएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ नगरपालिकाको केन्द्र भएकाले धेरै...

निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा

news

बैतडी,२१ माघ - बैतडीको सुर्नया गाउँपालिकामा यही माघ २२ र २३ गते हुने रौलाकेदार निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा पुगेको छ । सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाउण्डेसन काठमाण्डौंको संयुक्त आयोजनामा हुने निशुल्क स्वास्थ्य शिविरको तयारी अन्तिम चरणमा पुगेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । शिविरमा...

मदिरा विक्रिवितरण गर्ने ३ जना पक्राउ

news

बैतडी,२१ माघ- बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेक मदिरा विक्रिवितरणमा रोक लगाएपछि चोरेर मदिरा विक्रि गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । वडा कार्यालयले वडामा मदिराको विक्रि वितरण गर्नमा रोक लगाएपछि लुकीछीपी मदिरा विक्रि गर्नेको संख्या बढ्न थालेपछि प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सुरु गरेको नागार्जुन प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक...

सुर्नया कप भलिबलको उपाधि बरायललाई

news

बैतडी,२० माघ - बैतडीको सुर्नया गाउँपालिकाले आयोजना गरेको सुर्नया कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि रौलेश्वर मावि रामकी बरायलले हात पारेको छ । वासुलिङ्ग टाइगर यूवा क्लबलाई पराजित गर्दै रौलेश्वर माविले उपाधि जितेको हो । उपाधिसंगै रौलेश्वर माविले नगद ५ हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता वासुलिंग टाइगरले नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal