• ON AIR
  • UP NEXT

१७४ ओटै मतदानकेन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्य जारी

news

असार १२, बैतडी- बैतडीका १७४ ओटै मतदानकेन्द्रबाट मतदाता परिचयपत्र वितरणको कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।   जिल्लाका सबै मतदानकेन्द्रबाट परिचयपत्र वितरणको कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो । भोलीपनि मतदान केन्द्रहरुबाट परिचयपत्र वितरण गरिने उहाँले बताउनुभयो ।   मतदानकेन्द्रहरुमा मतदाता...

राजनीतिक खिचातानीले विद्यालय व्यवस्थापन समिति गठन हुन सकेन

news

असार १२ बैतडी,                  बैतडीको डिलाशैनी गाउँपालिका रुद्रेश्वरमा रहेको दुर्गा मावि सिमारमा राजनीतिक खिचातानीका कारण गएको २ बर्षयता विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन् ।   २०७२ साल जेठ २१ गते विद्यालय व्यवस्थापन समिति चयनका लागि निर्वाचन भएको भएपनि कांग्रेस र एमालेबीच सहमति हुन नसक्दा विद्यालय व्यवस्थापन समिति चयन हुन नसकेको हो ।...

झुलाघाट नाकामा आवतजावत बन्द

news

असार १२ बैतडी - स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आजदेखि भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा आवतजावत बन्द गरिएको छ ।    निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सीमा नाकामा आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । भारतसंग सीमा जोडिएको नाकाबाट चुनावी सुरक्षालाई प्रभाव पार्न सक्ने गतिविधि हुन सक्ने भन्दै सीमानाका बन्द गरिएको हो...

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सर्वपक्षीय बैठक सम्पन्न

news

बैतडी- यही असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत,निर्वाचन आयोगले खटाएको अनुगमन समितिका संयोजक, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बैठकमा चुनावको सुरक्षा व्यवस्था...

स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ७२ घण्टा सीमा बन्द गरिने

news

भगीरथ अवस्थी-बैतडी  यही असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएको सीमानाका ७२ घण्टा बन्द गर्ने सहमति भएको छ । दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई मध्यनजर गरेर सीमा नाका बन्द गर्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर भारतको...

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो

news

बैतडी - जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको स्थानीयहरुले गुनासो गरेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ६ पञ्ज्यूनयाँका स्थानीय महिलाहरुले मतदाता शिक्षाका बारेमा आफूहरुलाई केही थाहा नभएको बताएका छन् । आफ्नो गाउँमा अहिले सम्म भोट दिने तरीकाका बारेमा कसैले नसिकाएको स्थानीय जैता कार्कीले बताउनुभयो । करीब...

पत्रकार खेम भण्डारी र गणेशदत्त भट्ट पक्राउ,बिना सर्त रिहाइको माग ।

news

न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं महेन्द्रनगरबाट प्रकाशित हुने दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र पत्रिकाका कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।  सम्पादक भण्डारीलाई शनिबार बिहान पत्रिकाकै कार्यालयमा प्रहरीको टोली पुगेर पक्राउ गरेको हो भने कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।...

उम्मेद्वार मनोनयन तयारी पूरा

news

निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली हुने उम्मेद्वार मनोनयन तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले बैतडीले जनाएको छ । जिल्लाका सबै निर्वाचन अधिकृतका कार्यालयहरुमा कर्मचारी,सुरक्षाकर्मी र आवश्यक सामग्री पुगिसकेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘मनोनयन दर्ताका लागि राजनीतिक दलहरुले पनि उम्मेद्वारको नामावली...

पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी

news

असार ३ बैतडी - बैतडीमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ । जिल्लामा भएका १ लाख २५ हजार २८३ मतदाता मध्ये ६० हजार ५५८ पुरुष र ६४ हजार ७२४ महिला रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पुरुषको तुलानामा महिला मतदाताको संख्या ४ हजार १६६ बढीरहेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो ।   स्थानीय तहका आधारमा हेर्दा भने केही...

जीप दुर्घटना दुईजनाको ज्यान गयो ।।

news

असार १ बैतडी,               बैतडीको सर्मालीमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । बैतडीका शिबनाथ गाउपालिका स्थीत सुल्यखानबाट कुस्मौघाटका लागि छुटेको से १ च ११५८ नंबरको जीप बिहान ११बजे दुर्घटना हुदाँ दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।     ज्यान जानेमा जीप चालक कैलालीका शिवराज चौधरी र बैतडीको शिवनाथ गाउँपालिकाका लालसिंह...

बैतडीमा काग्रेश उमेदवारको टुगों लाग्यो ।।

news

सिपि लोहिया/जेठ २८ बैतडी,           नेपाली कांग्रेसले बैतडीका १० ओटै स्थानीय तहमा बल्ल उम्मेद्वारको टुंगो लगाएको छ । क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेद्वारको टुंगो लगाउन नसकेपछि कागे्रश केन्द्रीय समितिमा आकांक्षीहरुको नामावली पठाइएको थियो ।    दशरथचन्द नगरपालिकाको मेयरमा काग्रेश जिल्ला सभापति नरेन्द्रसिंह थापा उम्मेद्वार बनेका छन् भने...

किशोरी बृत्त समुहले ३० बालबिबाह रोके

news

बैतडी-  बैतडी जिल्लामा गठित किशोरी बृत्त समुहले गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा गरी ३० वटा बालबिबाह रोकेका छन् । गत आर्थिक बर्ष १३ र चालु अािर्थक बर्षको अहिलेसम्म १७ वटा  उमेर नपुगेरै गरीन लागेका बालबिबाह रोकेको सयुंक्त राष्टसंघीय जनसख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहिले बताउनु भयो ।   बैतडीमा साबिकका सलेना, देहिमाण्डौ, गुरुखोला , हटैराज भौनेली ,...

चितुवाको आक्रमणबाट एक महिला घाइते

news

बैतडी : बैतडीको तल्लोसोराडमा फेरी नरभक्षी चितुवाले आक्रमण गर्न थालेको छ । चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका वडा नं ५ कफाडीका ४० बर्षीया गौरी धामी बिहीबार राती घाइते हुनु भएको छ ।  घरबाट बाहिर आएका बेला धामीलाई चितुवाले एक्कासी आक्रमण गरी चिथोरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइते धामीको खुट्टामा चोट...

बैतडीमा पाठ्यपुस्तकको अभाव कायमै

news

चालु शैक्षिक सत्र शुरु भएको डेढ महिना बितिसक्दा समेत बैतडीमा पाठ्यपुस्तकको अभाव कायमै रहेको छ । मुख्य शैक्षिक सामग्रीको रुपमा रहेको पाठ्यपुस्तक समयमा उपलब्ध नहुँदा विद्यार्थीहरुलाई समस्या भएको छ ।   जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्यपुस्तक नछापेका कारण जिल्लामा पाठ्यपुस्तकको अभाव भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त...

कुपोषित बालबालिका स्वस्थ हुँदै

news

जेठ १७ बैतडी- बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शिघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम९ आइमाम० सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् ।    गत भदादेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितीको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालबालिका मध्ये ९०२ बालबालिकामा कडा कुपोषण...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal