• ON AIR
  • UP NEXT

मंसिर १० र २१ मा सार्वजनिक बिदा दिन आग्रह

news

काठमाडौँ, २ मंसिर - निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।  मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी...

मतदाता शिक्षा स्वयंसेवक गाउँगाउँमा

news

बैतडी,२ मंसिर - आगामी निर्वाचनमा बदर मतको संख्या घटाउने र मतदाताहरुलाई मतदान प्रक्रियाको बारेमा सिकाउने उद्देश्य सहित बैतडीमा मतदाता शिक्षा स्वयंसेवकहरु गाउँगाउँमा परिचालन भएका छन् । मतदाता शिक्षा सामग्री सहित १८२ मतदाता शिक्षा स्वयंसेवकहरुलाई गत कात्तिक २६ गतेदेखि गाउँगाउँमा खटाइएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख एवं निर्वाचन अधिकारी माधव प्रसाद...

लोकतान्त्रिक शक्ति एक हुन आवश्यक : प्रधानमन्त्री देउवा

news

बैतडी,१ मंसिर- प्रधानमन्त्री एवं काग्रेस सभापति शेर बहादुर देउवाले लोकतन्त्रको रक्षाका लागी लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताउनुभएको छ । आज बैतडीको पाटनमा नेपाली कांग्रेसले आयोजना गरेको चुनाविसभालाइ सम्बोधन गर्दे देउवाले लोकतन्त्रको रक्षाका लागी मंसिर १० र २१ गते हुने चुनावमा नेपाली लोकतान्त्रिक गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । यहाँका नागरिकले काग्रेसलाइ साथ...

प्रधानमन्त्री देउवा बैतडीमा, सुरक्षा व्यवस्था कडा

news

बैतडी,१ मंसिर - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवा आज बैतडी आउनुहुने भएको छ । नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ । दिउँसो १ बजे पुरचौडी हाटमा,दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई...

रुखबाट लडेर बृद्घाको मृत्यु

news

बैतडी,३० कात्तिक - रुखबाट लडेर आज बैतडीमा एक बृद्घा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका १ की ६५ बर्षिया कलावती महरा रहेकी छन ।  बिहान ८ बजे घर नजिकै रहेको बाँजको रुखमा घाँस(स्याउला) काट्न भनि गएकी कलावतीको एक्कासी लडेर गम्भीर घाईते भएकी थिईन । गम्भिर घाईते कलावतीलाई उपचारका लागी डडेल्धुरातर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी...

मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने

news

बैतडी,३० कात्तिक- पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी बैतडीमा मंसिर ८ र ९ गते मतदाता परिचयपत्र वितरण गरिने भएको छ ।  जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयालका अनुसार बैतडीका १२० वटै मतदान केन्द्रवाट मतदाता परिचयपत्र वितरण गरिन लागिएको हो ।  मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र...

मंसीर १ गते प्रधानमन्त्री देउवा बैतडी आउने

news

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी मंसीर १ गते बैतडी आउनु हुने भएको छ ।   नेपाली कांग्रेसले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नका लागि नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवा बैतडी आउने नेपाली कांग्रेसले जनाएको छ ।   प्रधानमन्त्री देउवाले बैतडी र दार्चुलामा आयोजना हुने ५ ओटा चुनावीसभालाई एकैदिन सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान १० बजे...

दलित संघ बैतडीका अध्यक्ष एमालेमा प्रवेश

news

बैतडी- नेपाली कांग्रेसको भातृसंगठन नेपाल दलित संघ बैतडीका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य रमेश कोली एमालेमा प्रवेश गर्नुभएको छ ।   कोलीले आज संयुक्त बाम गठबन्धनले बैतडीको कुवाकोटमा आयोजना गरेको चुनावी सभामा एमालेमा प्रवेश गरेको पाटन नगरपालिका ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।   कोलीलाई बामगठबन्धनका तर्फबाट प्रतिनिधिसभाका...

पाटन नयाँशहरको काम अगाडी बढाउनेलाई भोट हाल्ने

news

बैतडी- बैतडीको पाटन क्षेत्रका मतदाताहरुले पाटन नयाँशहरको काम अघि बढोस भन्ने इच्छा राखेका छन् ।    २०६८÷६९ मा सरकारले देशका १० ओटा नयाँ शहर निर्माण गर्ने घोषणा गरेको भएपनि अपेक्षाकृत रुपमा काम अघि बढ्न नसकेकाले पाटन नयाँ शहर आयोजना लगायतका कामलाई अघि बढाउने नेतालाई छान्ने धेरै मतदाताले बताएका छन् ।   पाटन जिल्लाकै रमणीय ठाउँ भएको र नयाँशहर आयोजना पनि सञ्चालनमा...

बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए

news

बैतडी,२८ कात्तिक - बैतडीमा हालसम्म २ सय ५८ जनाले हातहतियार बुझाएका छन । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले हतियार बुझाउन थियो । चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन,२०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीहरुसंग रहेका ईजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो । कार्तिक...

प्रधानमन्त्री देउवा पश्चिम नेपालमा

news

काठमाडौँ, २८ कात्तिक - नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।  काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार यही कात्तिक २८ गते प्रधानमन्त्री नेपालगन्ज प्रस्थान गर्नुहुनेछ ।  सोही दिन...

नमुना मतदान,सञ्चारकर्मीसँग अन्तरक्रिया

news

  बैतडी,२७ कात्तिक- निर्वाचन कार्यालय बैतडीले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुसँग निर्वाचनमा संचारको भुमिका विषय अन्तरक्रिया गरेको छ । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र प्रमुख अनुगम अधिकृतको सहभागितामा निर्वाचनको अवधीमा संचारमाध्यामले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत...

मतदाता शिक्षा स्वयंसेवक गाउँगाउँमा

news

बैतडी,२७ कात्तिक- आगामी निर्वाचनमा बदर मतको संख्या घटाउने र मतदाताहरुलाई मतदान प्रक्रियाको बारेमा सिकाउने उद्देश्य सहित बैतडीमा मतदाता शिक्षा स्वयंसेवकहरु गाउँगाउँमा परिचालन भएका छन् । मतदाता शिक्षा सामग्री सहित १८२ मतदाता शिक्षा स्वयंसेवकहरुलाई गाउँगाउँमा खटाइएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख एवं निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो ।...

खोडपे बजार : विद्युतीय दुर्घटनाको जोखिममा

news

बैतडी,२७ कात्तिक - बैतडीको पाटन नगरपालिका वडा नं ८ खोड्पे बजारमा बजारकै माथिबाट विद्युतका लाइन तानेकाले विद्युतीय दर्घटनाको जोखिम बढेको छ । सडकमा ठूला गाडी आउँदा माथि तार छोइने भएकाले विद्युतीय दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी हरिसिंह बिष्टले जानकारी दिनुभयो । ठूलागाडीहरु आउँदा माथिका तार छोइने भएकाले विद्युत अवरुद्ध गरेर गाडी पास गर्नुपर्ने अवस्था रही...

यू-१९ एशिया कप क्रिकेटः नेपालको ऐतिहासिक जित

news

काठमाडौं ,२६ कात्तिक- एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ । कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो । मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो । नेपालले दिएको १८६ रनको लक्ष्य...

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal